सूर्या र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई सूर्यज्योतिको नामबाट एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2022 | 09:37:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई पुस ७ गते बिहिबारबाट एकिकृत कारोबार गर्ने भएको छन् ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत जीवन बीमा कारोबार हुन लागेको हो ।

दुवै कम्पनीको कार्तिक २८ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने नेपाल बीमा प्राधिकरणले मङ्सिर २ गते र नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ मा मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।  कम्पनी रजिष्ट्रारको कार्यालयले मङ्सिर २७ गते मर्जर तथा एकिकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो । 

पुस ७ गतेबाट एकिकृत कारोबार गर्ने संयुक्त मर्जर समितिको मङ्सिर २९ गतेको निर्णय अनुसार बीमा प्राधिकरणले मङ्सिर २९ गते एकिकृत कारोबारको लागि स्वीकृति प्रदान गरेको थियो ।  सोहि अनुसार  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत जीवन बीमा कारोबार हुन लागेको हो । डाटा माइग्रेसन र सिस्टम इन्टिग्रेसन गर्ने कार्यको लागि पुस ६ गते एक दिन बिहान ८ बजेदेखि सम्पूर्ण सेवा अवरुद्द हुने कम्पनीले जनाएको छ ।

सूर्याको १ कित्ता शेयर बराबर ज्योतिको ०.८२४५ कित्ता हुने गरि दुई कम्पनी मर्ज भएका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved