सूर्या लाइफ र ज्योति लाइफ मर्ज भएर सूर्यज्योतिको नामबाट एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 08:06:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले मर्जर पश्चात आज पौष ७ गते देखि संयुक्त कारोबार शुभारम्भ गरेका छन् ।  गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ७ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् । 

सूर्यज्योति लाईफ इन्स्योरेन्स क.लि. को नाम मा कारोबार भए संगै सो कम्पनिको रजिस्टर्ड कार्यालय बिराटनगरमा भए संगै केन्द्रिय कार्यालय भने  शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ।  कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई चयन भएका छन् भने प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत भएका छन्।

मर्जर पश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजी रु.४ अर्ब ५४ करोड र कुल लगानी रु.२८ अर्ब भन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आ.व. २०७९/८० को पहिलो त्रैमासिक सम्मको कुल जीवन बीमाकोश रु.२२ अर्ब , कुल बीमाशुल्क रु.२ अर्ब २७ करोड भन्दा बढी तथा नाफा भने रु.४२ करोड पुगेको  छ।

 आजको मितिमा आइपुग्दा कम्पनीको कुल कर्मचारी संख्या करिब  ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ संगै देशभर सात प्रदेशमा १८१ शाखा हरु बाट  १३ लाख भन्दा बढी बीमिंत लाई सेवा दिंदै सूर्यज्योती बिशाल कम्पनी भएको छ।

 सूर्यज्योती लाईफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाईफ र ज्योति लाईफ इन्स्योरेन्सको रुपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी एतिहासिक सफल मर्जर पश्चात एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत् , अझ सबल, अझ बिशाल रुपमा बीमा क्षेत्रमा उभिएको बताएका छन्।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved