रिलायन्स लाइफद्धारा सुदुरपश्चिममा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 04:55:12 PM मा प्रकाशित

रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिमका अभिकर्तालाई सम्मान गरेको छ। इन्स्योरेन्सले सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम गरेको हो। 

सो कार्यक्रम पौषको पहिलो हप्ता धनगढीमा सुरु भई,लम्की, महेन्द्रनगर हुँदै नेपालगंज पुगेर सम्पन्न भएको थियो । 

कार्यक्रम बारे बोल्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलले अभिकर्तालाई कम्पनीको मेरुदण्डको रुपमा रहेको बताए। व्यावसायिक कार्यमा प्रदर्शन गरेको लगनशीलता, मेहनत तथा कार्यकुशलताको सधै उच्च सम्मान हुने उनले बताए। 

अभिकर्ताको अथक परिश्रमले गर्दा कम्पनीको व्यापार विस्तारमा टेवा पुगेको सिईओ कंडेलले बताए।

सो कार्यक्रममा कम्पनीका सय भन्दा बढी अभिकर्ताहरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता ,चिफ विजिनेश अफिसर सन्दिप कसजु तथा कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved