'महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ' कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2023 | 04:49:24 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सको “ महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न भएको छ। महिलाको रोजगारी र आय बृद्धिको लागि संचालित उक्त साप्ताहिक कार्यक्रम इन्स्योरेन्सले गत हप्ता देशै भरी संचालन गरेको थियो। समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको कम्पनीले जनाएको छ।

 पौष २२ गते जीतपुर–सिमरा नगरपालिकामा शुशिला लामाको अध्यक्षतामा संचालित कार्यक्रममा १४० जनाको सहभागिता रहेको थियो । प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले कार्यक्रम माथि प्रकाश पार्दै महिलालाई रोजगारीको लागि आवद्ध हुन आह्वान गरे। कुमार बहादुर कार्कीले संचालन गरेको कार्यक्रममा क्षेत्रिय प्रमुख दिगम्बर प्रसाद, सुरेन्द्र कुश्वाहा र बसुन्धरा गैरेले मन्तव्य राखेका थिए।  

त्यस्तै, पौष २३ गते रेनु कुमारी साहको अध्यक्षतामा हेटौडामा आयोजित कार्यक्रमका प्रमुख अतिथिको  आसनबाट सिईओ  भट्टराईले महिलाको समृद्धि बीना देश विकास नहुने भएकोले महिलाहरु अगाडी बढ्नु पर्ने बताए। कार्यक्रममा बजार प्रमुख प्रशान्त राज धमलाले महिला रोजगारीका विभिन्न अवसरहरुको बारेमा जानकारी गराए। महिला सशक्तिकरणको लागि बालकुमारी बल्लाकोटी, सन्ध्या पोखरेल, सविना न्यौपाने, सविता ढुंगाना र लक्ष्मी लामिछानेले आ–आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा ११० जनाको सहभागिता थियो ।

तारकेश्वर नगरपालिका नेपालटारमा पनि पौष २३ गते कार्यक्रम सम्पन्न भएको छ । महारानी थापाको  अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव सिईओ श्रेष्ठले महिलालाई समाजमा सम्मानित अवस्थामा पुर्‍याउन यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे।  उक्त कार्यक्रममा ९५ जनाको सहभागिता रहेको थियो । महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रमलाई देश भरी अभियानको रुपमा संचालन गर्ने क्रममा उक्त कार्यक्रम जोशिपुर कैलाली, सुर्य विनायक भक्तपुर, पर्सा चितवन, गुलरिया बर्दियामा पनि व्यापक सहभागिताका विच सम्पन्न भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved