रिलायबल लाइफ इन्स्योरेन्सको 'डायनामिक क्युआर पेमेन्ट सिस्टम' सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2023 | 11:27:15 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ई–सेवा सँगको सहकार्यमा 'डायनामिक क्युआर पेमेन्ट सिस्टम' संचालनमा ल्याएको छ । यो सेवा सुचारुका साथै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै दोस्रो जीवन बीमा कम्पनी बनेको छ ।

कम्पनीका अनुसार अब रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका देशै भरिका शाखा तथा उपशाखाहरू बाट डायनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ । आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न डायनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने कम्पनीले जनाएको छ ।

हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता रहेको कम्पनीले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved