बीमा कम्पनीहरुलाई शाखा खोल्न नयाँ व्यवस्था लागु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 05:22:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुले अबदेखि काठमाडौँ उपत्यकामा थप १ शाखा सञ्चालन गर्नको लागि उपत्यका बाहिर ३ वटा शाखा सञ्चालनमा ल्याउनुपर्ने भएको छ। बीमा प्राधिकरणले ‘बीमकको शाखा कार्यालय सम्बन्धी मार्गदर्शन, २०७९’ कार्यन्वयनमा ल्याउँदै यस्तो व्यवस्था गरेको हो। 

मार्गदर्शन–२०७९ मा ‘काठमाडौँ उपत्यका बाहिर तीन वटा शाखा खोलीसञ्चालनमा ल्याए पश्चात मात्र काठमाडौँ उपत्यकामा थप एक शाखा खोल्न स्वीकृति प्रदान गर्न सकिने छ।’ उल्लेख छ। यो सँगै बीमा कम्पनीहरुले अबदेखि उपत्यका बाहिर तीन वटा शाखा सञ्चालनमा नल्याएसम्म काठमाडौँ उपत्यकामा थप शाखा सञ्चालन गर्न अनुमति पाउने छैनन्। 

साथै काठमाडौँ उपत्यका बाहिर खोल्ने तीन शाखा मध्ये कम्तिमा दुई शाखा नगरपालिका वा गाउँपालिकामा खोलिएको हुनुपर्ने मार्गदर्शनमा व्यवस्था गरिएको छ।

यो व्यवस्थाले बीमाको पहुँच कम भएका क्षेत्रमा कम्पनीहरुले बीमा विस्तार गर्ने अपेक्षा गरिएको बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए। ‘अहिले अधिकांश कम्पनीहरु, बीमा व्यावसाय उपत्यकामै केन्द्रीत छ।’ उनले भने, ‘यो व्यवस्थाले बीमाको पहुँच नपुगेका क्षेत्रमा कम्पनीहरु पुगी बीमाको पहुँचका साथसाथै व्यापार विस्तार गर्ने अपेक्षा गरिएको छ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved