आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 03:57:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनीयताको सपथ लिएका छन्  । उनले आज बुधबार  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्ष सिलवालले हेम राज ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिएका छन्। 

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर आज वैशाख २७ गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन्।  आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

 दुवै कम्पनी एक बराबर एकको स्वाप अनुपातमा मर्ज भएका हुन्।  मर्जर पश्चात बनेको आइजिआई प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ रहेका छन् भने अध्यक्ष हेमराज ढकाल रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved