अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ २१ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 03:42:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार यही जेठ २१ गतेदेखि हुने भएको छ । यी दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा भएसँगै अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने भएको हो । 

युनाइटेड इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर अजोडको ८२.५ कित्ता कायम गरी दुई कम्पनी मर्जरमा गएका हुन । यी दुई कम्पनीबीच २०७९ पुस २६ गते मर्जरमा जाने सैद्धान्तिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

त्यस्तै नेपाल बीमा प्राधिकरणले दुई कम्पनीलाई पुस २९ गते मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो । हाल युनाइटेडको चुक्ता पूँजी एक अर्ब दुई करोड रहेको छ भने अजोडको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved