सानिमा रिलायन्स लाइफको सेयर कारोबार आइतबारबाट खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 04:21:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार आइतबारबाट धितोपत्र दोस्रो बजारमा खुल्ने भएको छ। साबिकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर भएपछि दुवै कम्पनीको सेयर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाममा आज नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

जेठ ७ गते आइतबार  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाममा सेयर कारोबार खुल्ने भएको हो। यसअघि मर्जरका लागि दुवै कम्पनीको सेयर रोक्का रहेको थियो ।

नेप्सेमा आज १०० अंकित दरका कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा साबिक रिलायन्स लाइफ इन्स्योरेन्सको २ करोड १० लाख कित्ता सेयर सानिमा रिलायन्स लाइफको नाममा कायम गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता ३९१।८८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved