राष्ट्रिय बीमा संस्थानले डाक्यो विशेष साधारणसभा, के के छन् मुख्य अजेन्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 09:48:34 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा आह्वान गरेको छ।कम्पनीले जेठ २२ गते रामशाहपथस्थित संस्थानको केन्द्रीय कार्यालयमामा सभा आह्वान गरेको हो ।

सभालेमा नेपाल बीमा प्राधिकरणको २०७८ चैत ११ गतेको निर्देशनबमोजिम तयार गरिएको संस्थानको पुँजी अध्ययन प्रतिवेदन २०७९ अनुरुप नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंकले आफ्नो लगानीको हिस्साबापत हकप्रद सेयरमार्फत थप गर्नुपर्ने पुँजी रकम वृद्धि गर्न आह्वान गर्ने विशेष प्रस्ताव पारित हुनेछ। 

संस्थानको आर्थिक वर्ष २०७५–७६को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षणलाई नियुक्तिका लागि परामर्श प्राप्त भएकोले उक्त आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तय गर्ने प्रस्ताव पारित हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved