बीमा अभिकर्ताले सिंगापुरमा फहराए नेपाली झण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2023 | 02:35:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताले सिंगापुरमा नेपाली झण्डा फहराएका छन् । सिंगापुरमा आयोजित एमडिआरटी ग्लोबल कन्फरेन्समा सहभागिता जनाउँदै ४ जना एजेन्सी मेनेजरहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराएका हुन् ।

नेपाललाई प्रतिनिधित्व गर्दै  नेपाल लाइफ इन्स्योरेन्सबाट राम चन्द्र गौतम,  रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकी कार्यक्रम सहभागिता भएका थिए । अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको उनीहरुको भनाई छ । 

२७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७,५०० जनाको उपस्थिति रहेको थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए ।  यस्तो  एक्सपोजरले  व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने उनको भनाई छ ।

 “किनकि जीवन अमुल्य”  छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्त सम्ममा लगानी रु. १७२ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिव १६३ अर्व रुपैयाँ संचित रहेको छ । 

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभरका करिब १९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved