नेपाल इन्स्योरेन्सले पुँजी बढाउँन बिक्रीमा राख्यो पुनर्बीमा कम्पनीको शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 12:47:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा भएको आफ्नो सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पूँजी वृद्धि गर्नका लागि १९ लाख ७९ हजार ७ सय २४ कित्ता कित्ता सेयर शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले मंगलबार एक सूचना जारी गर्दै नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयरको बिक्री गर्न लागेको हो । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझिले नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको पुनर्बीमा कम्पनीको सो परिणामको शेयर बिक्री गर्न सूचना जारी गरेको बताए । पूँजी वृद्धिको प्रक्रियामा रहेको नेपाल इन्स्योरेन्सले आफ्नो पूँजी बढाउनका लागि सेयर बिक्रीमा गर्न लागेको उनको भनाई छ । 

लिलाम बढाबढद्धारा बिक्री गर्न लागिएको शेयरको न्यूनतम मुल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । कम्पनीको उक्त संस्थापक शेयर आज असोज २ गतेदेखि कात्तिक १० गतेसम्म पुनर्बीमा कम्पनीका अन्य संस्थापक सदस्यले आवेदन दिन सक्नेछन ।

नियामक निकाय बीमा प्राधीकरणको निर्देशन र धितोपत्र दर्ता तथा निष्काशन नियामवलीको व्यवस्था बमोजिम संस्थापक शेयर सोही समूहमा रहने व्यवस्था बमोजिम विद्यमान संस्थापक सेयरधनी पहिलो हकवाला हुने छन् । यदि कुनै संस्थापक सेयरधनीले सो अवधिभित्र सेयर खरिद नगरेमा मात्रै अन्य व्यक्ति तथा कम्पनीले उक्त सेयर किन्न पाउनेछन । 

यसअघि :- प्रभु र नेपाल इन्स्योरेन्सको पुँजी वृद्धिबारे प्राधिकरणको आगामी बैठकले निर्णय गर्ने


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved