प्रभु र नेपाल इन्स्योरेन्सको पुँजी वृद्धिबारे प्राधिकरणको आगामी बैठकले निर्णय गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 08:04:55 PM मा प्रकाशित

laxmi  sunrise bank

तोकिएको चुक्ता पुँजी पुर्याउन नसकेका प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सबारे नियामक निकाय नेपाल बीमा प्राधिकरणको आगामी संचालक समितिको बैठकले निर्णय गर्ने भएको छ । चुक्ता पूँजी पुर्याउने उचित विकल्पका सम्बन्धमा आगामी बोर्ड बैठकले निर्णय गर्ने प्राधिकरणले जनाएको हो।

प्राधिकरणका अनुसार  यी दुवै कम्पनीको पूँजी वृद्धिका लागि यही उपाय नै अपनाउने भन्ने निर्क्योल भइसकेको छैन् । पछिल्लो पटक नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्री गरेर पूँजी पुर्याउने प्रस्ताव कम्पनीले प्राधिकरणमा पेश गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुले पेश गरेको पूँजी वृद्धि योजनाका सम्बन्धमा आगामी बोर्ड बैठकले निर्णय लिने बताएका हुन्। 

यही भदौ १० गते क्यापिटल प्लान पेश गर्न यी दुई कम्पनीलाई प्राधिकरणले एक हप्ताको समयावधि दिएको थियो ।'सो बमोजिम पेश गरेको पूँजी वृद्धि योजनाका सम्बन्धमा प्राधिकरणको आगामी बोर्ड बैठकले निर्णय लिनेछ ।' बिजवाटीसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले भने ।  यद्यपी बोर्ड बैठकको मिति भने तय हुन बाँकि रहेको उनले जानकारी दिए । 

प्राधिकरणले २०८० साल असार मसान्तसम्म बीमा कम्पनीहरुलाई पुँजिवृद्धि गर्ने निर्देशन दिएको थियो । सो बमोजिम बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन भनेको थियो ।

हाल नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीलाई तोकिए बमोजिमको पूँजी कायम गर्न एक अर्ब २ करोड आवश्यक देखिन्छ । त्यस्तै प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ रुपैयाँ रहेको छ । प्राधिकरणले तोकेको पूँजी पुर्याउन कम्पनीलाई एक अर्ब १३ करोड थप गर्नुपर्ने हुन्छ । 

हाल संचालनमा रहेका २८ कम्पनीहरुमध्ये कतिपय कम्पनीले तोकिए बमोेजिमको पूँजी पुर्याइसकेका छन् भने कतिपयले क्यापिटल प्लान प्राधिकरणमा पेश गरिसकेका छन् । नेपाल र प्रभु इन्स्यारेन्स कम्पनीलाई पूँजी वृद्धिका सम्बन्धमा बीमा प्राधिकरणले यसअघि स्पष्टिकरण समेत सोधिसकेको छ । नियामक निकायको मर्जरका नीतिलाई बेवास्ता गर्दै हकप्रदको बाटो रोजेपछि प्राधीकरणले अन्य विकल्पका लागि दबाब दिंदै आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved