मर्जरपश्चात सशक्त बन्दै निर्जीवन बीमा कम्पनी, सलिको र सिद्धार्थ प्रिमियरले शिखरलाई उछिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2023 | 12:18:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर पश्चात निर्जीवन बीमा कम्पनीहरु सशक्त बन्दै गएका छन् । नियाामक निकाय बीमा प्राधीकरणले सार्वजानिक गरेको तथ्यांक अनुसार मर्जरमा गएका अधिकांश बीमा कम्पनीहरु व्यवसायिक रुपमा थप सबल बन्दै गएको देखिन्छ । विगतका वर्षमा आफूलाई अग्रस्थानमा राख्दै आएका कम्पनीहरुलाई पछि पार्दै मर्जरमा गएका बीमा कम्पनीले आफूलाई अब्बल सावित गरेका हुन् । 

चालू आर्थिक वर्षको भदौ सम्मको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेका छन् । सार्वजनिक तथ्यांक निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्जर भई एक बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) यो अवधिमा ४६ हजार ९ सय ५८ बीमालेखबाट ९१ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै तत्कालिन सिद्धार्थ र प्रिमियम इन्स्योरेन्सको मर्जर पश्चात बनेको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ७३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । बीमालेख संख्यामा भने सलिकोलाई सिद्धार्थ प्रिमियरले उछिनेको छ । यो अवधिमा सिद्धार्थ प्रिमियरले ५० हजार ८ सय ६१ वटा बीमालेख जारी गरेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सले यो अवधिमा ४३ हजार १ सय ८६ वटा बीमालेख जारी गरी ६६ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मिलेर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले व्यवसायिक कारोबारमा आफूलाई चौथो स्थानमा दर्ज गरेको छ । कम्पनीले यो अवधिमा ६४ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

 त्यस्तै बीमा शुल्क आर्जनमा पाँचौं स्थानमा रहेको आईजीआई पु्रडन्सियल इन्स्योरेन्सले ५५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने नेको इन्स्योरेन्स भदौमा ५२ करोड ६४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ३० लाख रुपैयाँ, एनएलजीले इन्स्योरेन्सले ४२ करोड ८९ लाख र प्रभुले ४१ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । त्यस्तै सानिमा जिआईसीले ३७ करोड ८८ लाख रुपैयाँ, दि ओरियण्टल इन्स्योरेन्सले ३२ करोड ९९ लाख र नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ ।  

सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सबैभन्दा पूरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले भदौमा २७ हजार २२ वटा बीमा पोलिसी बिक्री गर्दा २३ करोड ६१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्तापूँजी गर्ने नीति अनुरुप बीमा कम्पनीहरु मर्जमा गएका थिए ।  जसका कारण विगतमा २० निर्जिवन बीमा कम्पनीहरु रहेकामा १२ कम्पनी मर्जरमा सामेल हुँदा हाल १४ कम्पनी कायम भएका छन् । 

कसको कति :-



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved