सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 01:23:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले 'बाल समृद्ध सावधिक जीवन बीमा' अन्तर्गत बीमितका आफन्तलाई बीमाङ्क र बोनस प्रदान गरेको छ । कम्पनीले आज धनगढी कैलालीमा आयोजीत कार्यक्रमका बिच मृत्युदावी रकम भुक्तानी गरेको जनाएको छ ।

बीमित स्व.अनुराज रानाको बीमालेख नं.७०२००००००७११ अन्र्तगत रहि बाल समृद्ध सावधिक जीवन बीमा बीमाङ्क रकम एक लाख रुपैयाँ को जीवन बीमा गरेकोमा निजले बार्षिक ६ किस्ता वाफत रु.३६,७८० गरिसकेका थिए ।  बीमीतको २०८०/०३/२५ गते मृत्यु भएकाले बीमीतको प्रस्तावक निजको बुवा सुरेन्द्र रानालाई बीमाङ्क र बोनस गरी  एक लाख १९ हजार ३ सयको चेक रकम कम्पनिका धनगढी शाखा प्रमुख योगेन्द्र बिक्रम अधिकारीले भुक्तानी गरेको जानकारी दिएको छ । 

उक्त मृत्युदावी रकम भुक्तानी कार्यक्रममा स्थानीयनिकायका जनप्रतिनिधि, आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिीती रहेको उक्त कार्यक्रममा कम्पनीका धनगढी शाखा प्रमुख योगेन्द्र अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा जानकारी प्रदान गरे ।

 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved