नेपाल लाइफद्वारा ६९.६२ अर्वको दावी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 05:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा ६९.६२ अर्व दावी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्व  र अग्रिम दावी भुक्तानी बापत २३.४४ अर्व दावी भुक्तानी गरेको हो। 

 बीमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको कम्पनीले उल्लेख गरेको छ । 

नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा १३,५१२ जनाका हकवालाहरुलाई मृत्यु दावी भुक्तानी गरिसकेको छ ।  कम्पनीले कन्भेन्सनल अन्तर्गत ११,१७७ जना लाई ३ अर्व ७१ करोड र बैदेशिक रोजगारी तर्फ २,३३५ जनालाई १ अर्व ९७ करोड भुक्तानी गरिसकेको जनाएको छ ।  

यस कम्पनीले आफ्नो दावी प्रक्रियालाई एकदम सहज बनाएको र दावीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको उल्लेख गरेको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दावी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दावी फर्स्योट भई सकेको कम्पनीले जनाएको छ । सम्पुर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दावी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दावी भुक्तानीे ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको जनाएको छ ।

कम्पनीका अनुसार  यस अवधिमा ४६ प्रतिशत मृत्यु दावी भुक्तानी तीन दिन भित्र गरेको छ । यसै गरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दावी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ । कम्पनी १०० प्रतिशत दावी यथाशिघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केहि दावी भुक्तानी गर्न ढिलाई भएको कम्पनीले जनाएको छ ।  दावी भुक्तानी लिनका लागि चाहिने कागजातको बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो वेबसाइटमा समेत सूचना सम्प्रेषण गरेको उल्लेख गरेको छ । दावी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए कम्पनीको दावी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved