कार्तिकमा ७९ करोड रुपैयाँ बराबरको पोलिसि सरेण्डर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 12:36:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिक महिनामा पोलिसि सरेण्डरको संख्या घटेको छ । असोज महिनाको तुलनामा कार्तिक महिनामा ३ हजार ८ सय ४५ वटा पोलिसि सरेण्डरको कम भएको हो । 

असोजमा एक अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको ९ हजार ९३६ वटा पोलिसि सरेण्डर भएको थियो । कार्तिक महिनामा ७९ करोड ४९ लाख रुपैयाँ बराबरको ६ हजार ९१ वटा पोलिसि सरेण्डर भएको हो । 

कार्तिक महिनामा सबैभन्दा धेरै नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसि सरेण्डर भएको छ । यो कम्पनीको यो एक महिनामा २६ करोड ४३ लाख रुपैयाँको १ हजार ७७७ वटा पोलिसि सरेण्डर भएको छ । त्यसैगरी,  लाईफ ईन्स्योरेन्स कर्पाेरेशनको १७ करोड ४५ लाख रुपैयाँ बराबरको १ हजार १५५ वटा पोलिसि सरेण्डर भएको हो। 

यसैगरी, एशियन लाईफको १२ करोड १९ लाख रुपैयाँ बराबरको ९८७ वटा पोलिसि र नेशनल लाईफ ईन्स्योरेन्सको ६ करोड ३३ लाख रुपैयाँ बराबरको ३९१ वटा पोलिसि सरेण्डर भएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved