कर्मचारी सेवा विनियमावली लागु गर्न बीमा कम्पनी उदासिन, अधिकांशले बनाएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 03:29:24 PM मा प्रकाशित

laxmi  sunrise bank

अधिकांश बीमा कम्पनीले  कर्मचारी सेवा शर्त विनियमावली लागु नै नगरेको पाईएको छ।  बीमा कम्पनीहरुले यस्तो विनियमावली बनाएर पालना गर्नु पर्नेमा अधिकांशले विनियमावली नै नबनाएको पाइएको हो । 

सर्वसाधारणको जीवन र भौतिक सम्पत्तीको रक्षावरणको लागि भनेर स्थापना गरिएका बीमा कम्पनीहरु आफ्नै कर्मचारीको सेवा सुविधाका सम्बन्धमा बनाउनु पर्ने विनियमावलीमा उदासिन बनेको देखिएको छ । 

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा बीमा कम्पनीले कर्मचारीको सेवा शर्त विनियमावली बनाई नियामक निकायबाट स्वीकृत गराउनु पर्ने व्यवस्था छ । तर, उक्त व्यवस्थाको विपरित अधिकांश कम्पनीले उक्त विनियमावली बनाउनेतर्फ चासो नै नदेखाएको पाइएको हो । 

बीमा प्राधिकरण स्रोतका अनुसार केही कम्पनीले मात्र नियमाअनुसार विनियम बनाई स्वीकृत गरेर लागु गरेका छन् । प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्स, र आईजीआई प्रुडेन्सियल,  विनियमावली बनाई नियामक निकाय प्राधिकरणबाट स्वीकृत गराई लागु गर्ने क्रममा रहेका छन् । सुर्यज्योती लाईफ इन्स्योरेन्सले भने विनियमावली लागु गरिसकेको जनाएको छ।  

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्सले विनियमावली बनाएर प्राधिकरण पेश गरेका छन् । प्राधिकरणले त्यसको अध्ययन गर्दैछ । यता, नेपाल लाईफ इन्स्योरेन्सले उक्त विनियम बनाएर प्राधिकरण स्वीृकति समेत गराएको भएपनि उक्त विनियम पालना नगरेको भन्ने गुनासो प्राधिकरणमा आएको बताइन्छ ।

यी बाहेक अन्य कुनै पनि कम्पनीले विनियमावली बनाएर प्राधिकरणका विनियमावली बनाएर स्वीकृतिको लागि पेश गरेका छैनन् ।  विनियमावली निमार्णका लागि प्राधिकरणले ताकेत गरे पनि कम्पनीले अटेर गर्दै आएका छन्। 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल संस्थागत सुशासन निर्देशिकामा गरिएको व्यवस्था अनुसार सबै बीमा कम्पनीले विनियमावली बनाई लागु गर्नुपर्ने बताउँछन् । बिजपाटीसँग उनले भने, 'हामीले निर्देशिकामा नै  सो व्यवस्था गरेका छौं । निर्देशिकाको पालना सबै बीमा कम्पनीहरुले गर्नुपर्छ ।'


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved