सर्वोच्चको आदेशपछि नेपाल लाइफ इन्स्योरेन्सले तिर्यो १ अर्ब कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2023 | 05:02:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारलाई १ अर्ब बढी कर तिरेको छ। प्रिमियमको एफपीओमा कर लाग्ने अदालतको आदेशपछि कम्पनीले  आज सरकारको नाममा १ अर्ब २ करोड कर तिरेको कम्पनी स्रोतले जनाएको छ

नेपाल लाइफ इन्स्योरेन्सले  १०० रुपैयाँ अंकित दरको शेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम जोड्दै १४ सय २५ रुपैयाँ प्रतिकित्ता ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गरेको थियो । जसबाट कम्पनीले ४ अर्ब १० करोड २७ लाख ६८ हजार ४२५ रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।  

कम्पनीले चालु आर्थिक वर्षको कमाईबाट नै कर तिरेकोले यस वर्ष कम्पनीको खुद नाफा र लाभांश प्रभावित हुने देखिन्छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved