ईन्स्योरेन्स ईन्स्टीच्युट नेपालमा ५ जना सञ्चालक निर्विरोध चयन हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 06:08:55 PM मा प्रकाशित

laxmi  sunrise bank

ईन्स्योरेन्स ईन्स्टीच्युट नेपाल (आइआइएन)मा ५ जना सञ्चालक निर्विरोध चयन भएका छन्। आइआइएनको ५ जना संञ्चालकका लागि ५ जनाको मात्र आवेदन परेसँगै उनीहरु निर्विरोध चयन हुने छन्। 

५ जना सञ्चालकका लागि नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक राजुरमण पौडेल, शिखर ईन्स्योरेन्सका सीईओ दिप प्रकाश पाण्डे, सिटिजन लाईफ ईन्स्योरेन्सका सीईओ पोषक राज पौडेल, नेपाल पुनर्बीमा कम्पनीका निमित्त सीईओ दामोदर भण्डारी र मेट लाईफ ईन्स्योरेन्सका सीईओ निर्मलकाजी श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । 

सञ्चालकमा २ वटा नयाँ अनुहार थपिएका छन्। अहिले सञ्चालकमा भएका ५ जनामध्ये ३ जना फेरी दोहोरिने भएका छन् । दोहोरिनेमा राजुरमण पौडेल, दिप प्रकाश पाण्डे र निर्मलकाजी श्रेष्ठ रहेका छन्। नयाँ अनुहारमा पोषक राज पौडेल र दोमोदर भण्डारी रहेका छन् ।

उमेद्वारहरुको अन्तिम नामावली भोलिमात्र सार्वजनिक हुने कार्यतालिका रहेको छ । ५ जना सञ्चालकको लागि ५ जनाको मात्र उम्मेद्वारी दर्ता भएकाले उनीहरु निर्विरोध चयन हुने निश्चित भएको छ ।

आइआइएनले शुक्रबार वार्षिक साधारण सभाा गर्दैछ । साधारणसभाले सञ्चालक चयन गर्ने छ।  सञ्चालक समितिको पहिलो बैठकले अध्यक्ष चयन गर्नेछ । हाल यो कम्पनीको अध्यक्षमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेल रहेका छन् ।  

हाल सञ्चालक रहेका ज्योति लाईफ ईन्स्योरेन्सका सीईओ प्रकाश विक्रम खत्रि र सिद्दार्थ ईन्स्योरेन्सका सीईओ बिरेन्द्र बैदवार सञ्चालकबाट बाहिरिने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved