नेपाल पुनर्बीमाको खुद नाफा १ अर्ब ८ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2024 | 12:49:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौँथो त्रैमासिक वित्तिय विवरण अनुसार उक्त रकम खुद नाफा आर्जन गरेको हो ।

जसमध्ये कम्पनीले ९१ करोड २० लाख निर्जीवन बीम व्यवसायबाट र १७ करोड ६६ लाख रुपैयाँ जीवन बीमा व्यवसायबाट खुद नाफा आर्जन गरेको हो । 

कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४१ करोड ४७ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । अघिल्लो आ.व.को सोहि अवधिमा कम्पनीले कुल ६७ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमध्ये ५६ करोड ५० लाख निर्जीवन तर्फ र १० करोड ८८ लाख जीवन बीमा व्यवसाय तर्फ कम्पनीले नाफा आर्जन गरेको थियो । 

कम्पनीको हाल प्रति शेयर आम्दानी ८.५० रुपैयाँ रहेको छ भने पीई अनुपात ८६.४ रहेको छ । त्यसैगरी प्रतिशेयर नेटवर्थ १५९.५९ रुपैयाँ छ भने प्रतिशेयर कुल सम्पत्तिको मूल्य २१८.८१ रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved