यी हुन् प्रभु महालक्ष्मी लाईफका ठूला लगानीकर्ता, सम्झना अर्यालको हिस्सा २१ प्रतिशत बढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2024 | 12:17:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्सका एक प्रतिशत वा बढी शेयर स्वामित्व भएका शेयरधनीहरुको संख्या १५ रहेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक रिपोर्ट अनुसार १५ लगानीकर्ताको स्वामित्व १ प्रतिशत भन्दा बढी रहेको छ । 

जसमध्ये सबैभन्दा धेरै स्वामित्व सम्झना अर्यालको रहेको छ । कम्पनीमा उनको २१.४३ प्रतिशत हिस्सा रहेको छ । सम्झना अर्यालको यो कम्पनीमा ३० करोड लगानी रहेको छ । त्यसैगरी दोस्रो नम्बरमा मेगा बैंक रहेको छ । मेगा बैंकको १४ं.२९ प्रतिशत हिस्सा रहेको छ । यो बैंकको लगानी रकम २० करोड रुपैयाँ रहेको छ । 

त्यसैगरी, ज्योति विकास बैंकको १०.७१ प्रतिशत हिस्सा रहेको छ । जसको लगानी रकम १५ करोड रुपैयाँ रहेको छ । एक्सेल डेभलपमेन्ट बैंकको ५.७१ प्रतिशत हिस्सा र ८ करोड लगानी रहेको छ भने शिशु अर्यालको ४.२९ प्रतिशत हिस्सा र ६ करोड लगानी रहेको छ । 

यसैगरी, राजन प्रसाद सुवेदीको ३.७९ प्रतिशत हिस्सा र ५ करोड ३० लाख रुपैयाँ लगानी रहेको छ भने एनएमबी बैंकको ३.५७ प्रतिशत हिस्सा र ५ करोड लगानी रहेको छ । यसैगरी, महालक्ष्मी विकास बैंकको ३.३९ प्रतिशत हिस्सा र ४ करोड ७५ लाख लगानी, मोहन लाल अग्रवालको २.८६ प्रतिशत हिस्सा र ४ करोड लगानी, उमेश कुमार अग्रवालको २.१४ प्रतिशत हिस्सा तथा ३ करोड लगानी रहेको छ । 

यस्तै, कृष्ण प्रसाद शर्मा, ग्रिष्म राम भण्डारी, पृथ्वी राज भण्डारी र मनोरंजन रमण शर्माको समान १.४३ प्रतिशत हिस्सा तथा २ करोड लगानी रहेको छ । मनोज शर्माको १.०७ प्रतिशत लगानी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved