नेपाल माइक्रो इन्स्योरेन्सले दियो पहिलो दाबी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 01:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो पहिलो बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले झापाका धनपति आचार्यलाई दाबी स्वरुप ७६ हजार ८४७ रुपैयाँ भुक्तानी गरेको हो । 

 कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमालले उक्त रकम बराबरको  चेक आचार्यलाई हस्तान्तरण गरेका हुन् । उनलाई कम्पनीले मोटर बीमा अन्तर्गत तेस्रो पक्ष र औषधिपोचार वापतको रकम दाबी भुक्तानी स्वरुप ओरादन गरेको हो। आचार्यको गत मङ्सिर २ गते काठमाडौँको बसुन्धरामा  मोटरसाइकल दुर्घटना भएको थियो । 

चेक प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिमालले चीतई नै दाबी भुक्तानी प्रक्रिया पुरा गरेकोमा खुसि व्यक्त गरेका छन्। कम्पनी यसरी नै बीमितलाई प्रदान गरिने दायित्वहरु समय मै प्रदान गर्ने प्रतिवद्द रहेको उनले बताएका छन्। उनले नागरिकलाई सहज र आवश्यकता अनुसारको लघुबीमा सेवा दिन कम्पनी प्रतिवद्द रहेको बताएका छन्  । 

नेपाल माइक्रो नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन व्यवसायका लागि लाइसेन्स प्राप्त कम्पनीहो । प्राधिकरणले यस कम्पनीलाई चितवन मुख्य कार्यलय रहनेगरी लाईसेन्स दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved