स्टार माइक्रोले पनि सुरु गर्यो कारोबार, डेढ महिना मै २७ सय वटा पोलिसी बिक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 03:02:16 PM मा प्रकाशित

laxmi  sunrise bank

स्टार माइक्रो ईन्स्योरेन्सले पनि कारोबार सुरु गरेको छ । कम्पनीले मसिंर १५ गतेदेखि पोलिसी बिक्री गर्न सुरु गरेको हो । 

पौषको मसान्तसम्म कम्पनीले २ हजार ७ सय बटा पोलिसी बिक्री गरेको कम्पनीका सिनियर जनरल म्यानेजर दिपेन्द्र राज गौतमले जानकारी दिए । उनका अनुसार कम्पनीले हालसम्म ५० लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीमा सम्पत्ती बीमा, भेहिकल बीमा, कृषि बीमा र दुर्घटना बीमा गर्न सकिन्छ । 

आगामी दिनमा थप आक्रामक रुपमा व्यवसाय प्रवद्धन गर्दै अघि बढ्ने कम्पनीको योजना रहेको सिनियर जनरल म्यानेजर गौतमले जानकारी दिए । उनका अनुसार यो कम्पनीले हालसम्म १० भन्दा बढी शाखा कार्यालय स्थापना गरी सकेको छ । 

यस कम्पनीले नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसायका लागि लाईसेन्स पाएको हो । कम्पनीलाई प्राधिकरणले मधेश प्रदेशमा मुख्य कार्यलय स्थापना गर्नेगरी अनुमति दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved