हिमालयन रिन्स्योरेन्सलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्ने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 03:42:29 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिन्स्योरेन्सलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्ने बाटो खुलेको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया (IRDAI) ले FRN number प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको कम्पनीले जनाएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको निवेदन उपर IRDAI ले १६ जनवरी २०२४ मा स्वीकृत प्रदान गरेको हो। भारतबाट व्यवसाय गर्न स्वीकृति प्राप्त गरेसँगै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तार गरि बनाएको छवीलाई थप उचाइमा पुऱ्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । 

 हिमालयन रिइन्स्योरेन्स लिमिटेडले केही समय अघि मात्रै सर्वसाधारणमा सार्वजनिक शेयर निष्काशन प्रकृया पुरा गरी धितोपत्रको दोश्रो बजारमा कारोवार भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved