मङ्सिरमा १ अर्ब बढीको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 04:10:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर महिनामा पोलिसी सरेण्डरको संख्या बढेको छ ।  कार्तिक महिनाको तुलनामा मङ्सिर महिनामा ३ हजार ६ सय ५३ वटा पोलिसी सरेण्डरको बढी भएको हो । 

कार्तिकमा ७९ करोड ४९ लाख रुपैयाँ बराबरको ६ हजार ९१ वटा पोलिसी सरेण्डर भएको थियो । मङ्सिरमा १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको ९ हजार ७४४ वटा पोलिसी सरेण्डर भएको हो । 

मङ्सिर महिनामा सबैभन्दा धेरै नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसि सरेण्डर भएको छ । यो कम्पनीको यो एक महिनामा ३६ करोड ३५ लाख रुपैयाँको २ हजार ४२५ वटा पोलिसी सरेण्डर भएको छ । त्यसैगरी,  लाईफ ईन्स्योरेन्स कर्पोरेशनको २२ करोड ८ लाख रुपैयाँ बराबरको १ हजार ९४७ वटा पोलिसी सरेण्डर भएको हो। 

यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीको १२ करोड ५ लाख रुपैयाँ बराबरको १ हवार ५८५ वटा पोलिसी सरेण्डर भएको छ।

हेर्नुस् कसको कति पोलिसी सरेण्डर  ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved