डाक्टरहरुको लागि छुट्टै बीमा पोलिसी जारी गर्दै प्राधिकरण, बिरामीले मुद्दा हाले राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 05:00:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले चिकित्सा पेशामा संलग्न डाक्टरहरुको लागि छुट्टै बीमालेख जारी गर्ने तयारी गरेको छ । त्यसको लागि हाल नेपाल मेडिकल काउन्सिलसँग छलफल भइरहेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । 

यो बीमालेख नेपालमा नै पहिलो पटक हुने बताईएको छ। काउन्सिलसँग छलफल गरेरे चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सो पोलिसीलाई पूर्णरुप दिने र जारी गर्ने प्राधिकरणका एक उच्च अधिकारीले जनाएका छन् । उनका अनुसार उक्त बीमालेख जारी भएपछि डाक्टरहरुले उपचारका क्रममा भएको दुर्घटनाबाट हुने क्षति सो पोलिसीले व्योहोर्ने गरी मस्यौदा भईरहेको छ।

उदाहरणका लागि डाक्टरले कसैको उपचारको क्रममा सो बिरामीलाई क्षति  (बिरामी मृत्यु भए वा अन्य कुनै अवस्था) भएको खण्डमा डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आएमा सो क्षतिपूर्ति रकम बीमक कम्पनीले नै व्यहोर्ने गरी पोलिसीको मस्यौदा भइरहेको छ। यसबाहेक कुनै दुर्घटना (बिरामी मृत्यु भए वा अन्य कुनै अवस्था आए)का कारण बिरामी पक्षले डाक्टर विरुद्ध मुद्धा हालेको खण्डमा सो मुद्धा लड्दा लाग्ने खर्चसमेत बीमक कम्पनीनै बेहोर्ने छ। यदि फौजदारी मुद्धा भएको खण्डमा भने त्यसमा बीमक जवाफदेहि हुने छैन। 

मुद्धा फौजदारी नभएको खण्डमा यदि अदालतले डाक्टरलाई दोषि ठहर गरेको खण्डमा पनि मुद्धा लड्दा लाग्ने खर्च  बीमक कम्पनीले नै बेहोर्ने छ। यो एक वर्ष अवधिको टर्म पोलिसी हुने छ। 

पोलिसीको बीमाशुल्कबारे  भने यकिन निर्णंय भइसकेको छैन । तर, बीमांक रकमको १ प्रतिशत बीमाशुल्क तोक्नेबारे बारेमा छफफल भइरहेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved