बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई सोध्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 12:39:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई स्पष्टिकरण सोधेको छ। प्राधिकरणले माघ ८ गते सोमबार कम्पनीलाई स्पष्टिकरण पत्र पठाएको हो ।

प्रमुख कार्यकारी अधिकृत नियुक्तिबारे प्राधिकरणमा उजुरी परेपछि प्राधिकरणले त्यस बारे ५ दिन भित्र जवाफ पेश गर्न निर्देशन दिदै पत्र पठाएको हो। प्राधिकरण स्रोतका अनुसार  कम्पनीको सीईओ रमेशकुमार भट्टराईको नियुक्तिबारे प्राधिकरणमा गत पौष २९ गते उजुरी परेको थियो ।

सोहि उजुरी उपर छानबिन गर्नको लागि जवाफ माग गर्दै प्राधिकरणले कम्पनीलाई पत्र पठाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पत्र पठाएको पुष्टि गरे ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved