ढड्डा प्रणालीबाट पेपरलेशमा जाँदै प्राधिकरण, जारी भयो मार्गदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 06:23:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले आईआरएमआईएस सम्बन्धी मार्गदर्शन, २०८० जारी गरेको छ । प्राधिकरण तथा बीमकको तथ्याङ्क व्यवस्थापन एवं कामलाई प्रभावकारी तथा पारदर्शी बनाउन उक्त मार्गदर्शन बनाएको प्राधिकरणले जनाएको छ । 

ईन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट ईन्फर्मेशन सिस्टम (आईआरएमआईएस) एक सूचना व्यवस्थापन गर्ने सिस्टम भएको प्राधिकरणका तथ्यांकशास्त्रि बसन्त बोहोराले जानकारी दिए ।  यो सबै ढड्डा तथा फाइलहरुलाई हटाएर पेपरलेसमा लैजाने प्रणाली भएको उनले जनाए । उनका अनुसार प्राधिकरणमा बीमा कम्पनीहरुले प्राधिकरणमा पठाउनुपर्ने विवरणहरु यसै प्रणाली मार्फत पठाउन सक्नेछन् । जसकालागि कम्पनीहरुलाई पनि लग ईनको सुविधा दिइएको हुन्छ । 

यसैगरी प्राधिकरणको विभागले पनि यसै सिस्टममा फाइलहरु राख्न सक्ने जनाइएको छ । सबै विभागकालागि छुट्टा छुट्टै लगईन दिइएको हुन्छ । यस प्रणाली पहिलादेखि नै लागु भइसकेको तर अहिले मार्गदर्शन नै बनाएर पूर्णरुपमा लागु गर्न लागिएको जनाइएको छ । 

मार्गदर्शन गत मसिंरमा १३ गते नै प्राधिकरणले स्विकृत गरेर आज मंगलबार जारी गरेको हो । 

यहाँ क्लिक गरेर मार्गदर्शन हेर्न सकिन्छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved