फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र निर्माबीच रणनीतिक साझेदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 06:57:01 PM मा प्रकाशित

laxmi  sunrise bank

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (FRBL) र नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (NIRMA ) बीच सम्झौता भएको छ ।बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारीमा सम्झौता भएको फेडेरलले जनाएको छ ।

सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक सुवर्ण पौडेल तथा नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनको तर्फबाट अध्यक्ष डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् । 

फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणवाट इजाजत पत्र प्राप्त पुनर्वीमा दलाल कम्पनी हो । यसले स्थापनाको छाटो समयमै बेलायतवाट प्रतिष्ठीत गुणस्तर चिन्ह ISO 9001:2015 र Indian Chamber of Commerce बाट “Broker of the Year 2023 (Nepal)” को उपाधी हासिल गर्न समेत सफल भएको छ। 

 बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धानकर्ताहरुको साझा मञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (NIRMA) को मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशन मार्फत बीमा उद्योगको प्रवर्द्धन गर्नु रहेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved