आईआईएनको अध्यक्षमा राजुरमण पौडेल चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 11:39:36 AM मा प्रकाशित

laxmi  sunrise bank

ईन्स्योरेन्स ईन्स्टीच्युट अफ नेपाल(आईआईएन)को अध्यक्षमा राजुरमण पौडेल दोहोरिएका छन् । नेपाल बीमा प्राधिकरणका प्रवक्ता तथा कार्यकारी निर्देशक समेत रहेका पौडेल दोस्रो कार्यकालका लागि आईआईएनको अध्यक्ष चयन भएका हुन् । 

आईआईएनको गत पौष २७ गते बसेको संचालक समिति बोर्डको बैठकले उनलाई अध्यक्ष चयन गरेको हो । बोर्डको सञ्चालकहरुमा नेपाल पुनर्बीमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दामोदर भडारी र सिटिजन्स लाईफका सीईओ पोषकराज पौडेल थपिएका छन् ।

शिखर ईन्स्योरेन्सका सीईओ दिप प्रकाश पाण्डे तथा मेट लाईफका सीईओ निर्मलकाजी श्रेष्ठ सञ्चालकमा दोहोरिएका छन् । आईआईएनमा सञ्चालकहरु निर्विरोध चयन भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved