२ अर्ब ६० करोडले बढ्यो जीवन बीमाको ब्यापार, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 05:31:57 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ६ महिनामा जीवन बीमा व्यवसाय वृद्धि भएको छ । यो अवधिमा जीवन बीमाको व्यवसाय २ अर्ब ४९ करोड रुपैयाँ बढेको हो । 

गत आर्थिक वर्षको ६ महिनामा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन भएकोमा चालु आवको सोहि अवधिमा बीमाशुल्क बढेर ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाईफ रहेको छ । नेपाल लाईफले यो अवधिमा २० अर्ब २ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा लाईफ ईन्स्योरेन्स कर्पाेरेशनले ८ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेको छ । 

त्यसैगरी, नेशनल लाईफ, हिमालयन लाईफ र राष्ट्रिय जीवन बीमा कम्पनीले क्रमशः ८ अर्ब ५६ करोड, ८ अर्ब ९ करोड र ४ अर्ब ७५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

लघु जीवन बीमकः

लघु जीवन बीमक कम्पनीहरुमा सबैभन्दा धेरै क्रेष्ट माइक्रोले बीमाशुुल्क आर्जन गरेको छ । क्रेष्टले १ करोड ५७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्दा गार्डियनले ६६ लाख र लिबर्टीले २८ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन् । 

कुन कम्पनीको ब्यापर कति ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved