सानिमा रिलायन्समा ६ संचालक निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 06:02:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा ६ जना संचालक निर्विरोध चयन हुने भएका छन् । कम्पनीले बुधबार सार्वजनिक गरेको उम्मेदवारकोे अन्तिम नामावली अनुसार उनीहरु कम्पनीमा ६ संचालक निर्विरोध हुने भएका हुन् । 

कम्पनीले  संस्थागत शेयरधनीहरुबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुबाट २ जना गरि कुल ६ जना संचालकको लागि उम्मेदवारी दिन आग्रह गरेको थियो। ६ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध संचालक चयन हुने भएका हुन् । 

 संस्थागत शेयरधनीहरुबाट सुवर्ण दास श्रेष्ठ, भरत कुमार तोदी, कुमार प्रसाद कोइराला र रतनलाल केडियाले उम्मेदवारी दिएका छन् । जसमध्ये श्रेष्ठ र तोदी हाल पनि संचालक छन् । यसैगरी, सर्वसाधारण तर्फबाट केशव राज केसी र परिक्षित खेमकाले उम्मेदवारी दिएका छन् । 

 कम्पनीको बिहिबार हुने वार्षिक साधारणसभाले संचालकहरुको अनुमोदन गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved