वार्षिकोत्सवको मितिबारे राष्ट्रिय जीवन बीमा कम्पनीमा विवाद

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Feb 22, 2024 | 08:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जीवन बीमा कम्पनीमा वार्षिकोत्सवको मितिबारे केही विवाद देखिएको छ । साविकको संस्थान स्थापनाको मितिलाई वार्षिकोत्सव मान्ने कि कम्पनीमा परिणत भएको मितिलाई वार्षिकोत्सव मनाउने भन्नेबारे विवाद देखिएको हो । 

बीमा ऐन २०७९ को व्यवस्था अनुसार साविकको राष्ट्रिय बीमा संस्थान गत कार्तिक २० गतेबाट राष्ट्रिय जीवन बीमा कम्पनीमा परिणत भएको थियो  ।  त्यस अघि भने राष्ट्रिय बीमा संस्थान २०२५ अनुसार संचालनमा थियो  । बीमा ऐन २०७९ ले बीमा संस्थान २०२५ खारेज गरेको छ 

स्रोतका अनुसार  केहि संञ्चालकले कम्पनीमा परिणत भएको मिति अर्थात कार्तिक २० गतेलाई वार्षिकोत्सव मनाउने धारण राखेपछि विवाद उत्पन्न भएको थियो । केहि संञ्चालक र कर्मचारीहरुले भने संस्थान स्थापना भएको मिति फागुन ११ गतेलाई नै वार्षिकोत्सवको रुपमा  निरन्तरता दिनुपर्ने अडान राखेपछि विवाद भएको स्रोतले जनाएको छ। 

यसबारे संञ्चालक समितिको बैठकमा पनि धेरै पटक छलफल भएको एक सञ्चालकले बिजपाटीलाई बताए । विवाद र छलफल भएपछि केहि पक्षको अशन्तुष्टीका बाबजुद कम्पनीले फागुन ११ लाई नै वार्षिकोत्सवको रुपमा मनाउने भएको छ । 

तर, यस पटकको वार्षिकोत्सवमा भने गतका वर्षहरुको जस्तो औपचारिक कार्यक्रम नहुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसपटक  कर्मचारीहरु भेला भएर सामान्य तरिकारले वार्षिकोत्सव मनाइने छ ।  वितगका साविकको बीमा संस्थानको वार्षिकोत्सव औपचारिक कार्यक्रम गरेर मनाउने गरिएकोमा यसपटक भने त्यस्तो हुने कम्पनीले उल्लेख गरेको छ । 

शुक्रबार ५६ औँ वर्ष पार गरी तत्कालिन राष्ट्रिय बीमा संस्थान ५७औँ वर्षमा प्रवेश गर्दै छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved