बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 06:10:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको परीक्षा तालिका सार्वजनिक गरेको छ । २ दिन सञ्चालन हुने परीक्षाको तालिका प्राधिकरणले मंगलबार सार्वजनिक गरेको हो । 

प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा फागुन १६ र १७ गते हुनेछ । हरेक दिन २ सिफ्टमा परीक्षा सञ्चालन हुने तालिकामा उल्लेख छ । 

फागुन १६ गते दिउँसो १ देखि २ः३० बजेसम्म एउटा परीक्षा र ३ देखि ४ः३० बजेसम्म दोस्रो सिफ्ट परीक्षा हुनेछ । यस्तै, १७ गते बिहान ११ देखि १२ः३० र दिउँसो १ देखि २ः३० बजेसम्म गरी २ सिफ्टमा परीक्षा हुने तालिका छ । 

अनलाईनबाट हुने सो परीक्षामा नेपालभरिबाट समावेश हुन सकिने प्राधिकरणले स्पष्ट पारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved