नेशनल लाइफको एउटै शाखाबाट एकै दिन १०१ पोलिसि विक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 10:38:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ ईन्स्योरेन्सको कलंकी शाखाले एकै दिनमा १०१ वटा बीमा पोलिसी बिक्री गरेको छ । जसबाट सो शाखाले एकैदिन ७८ लाख रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी नेपालगंज शाखाले एकैदिनमा रु १ करोड १५ लाख व्यवसाय गर्न सफल भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सक्रिय अभिकर्ताहरुको संख्यामा बृद्धि गरि ठुल्ठुला बीमाशूल्क भन्दा पनि बीमालेख संख्यामा ध्यानकेन्द्रित हँुदा सफल व्यवसाय हासिल गर्न सकिने देखिएको बताए । यसका साथै हाल कायम रहेको आर्थिक मन्दीको अवस्थामा पनि ग्राहकहरुको कम्पनी प्रतिको विश्वास र अभिकर्ता एवं कर्मचारीहरुको अथक मेहेनतले उक्त रेकर्ड बनाउन सफल भएको महशुस गरेको उल्लेख गरे । 

कम्पनीले चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा १० अर्ब ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले फाल्गुण महिनामा मात्रै ५० करोड २२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved