फागुनमा लघु जीवन बीमा कम्पनीको व्यवसाय घट्यो, ८ महिनामा ६ करोडको ब्यापार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 04:09:13 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनामा लघु जीवन बीमा कम्पनीहरुले करिब ६ करोड रुपैयाँ बराबरको ब्यापार गरेका छन् । चालु आवको फागुन मसान्तसम्म ३ लघु जीवन बीमकले ५ करोड ८९ लाख रुपैयाँ बढीको ब्यापार गरेका हुन् । 

३ लघु जीवन बीमा कम्पनी मध्ये क्रेष्ट माईक्रो लाईफले ३ करोड ६१ लख, गार्डियन माईक्रो लाईफले १ करोड ५९ लाख र लिवर्टी माईक्रो लाईफले ६९ लाख रुपैयाँ बराबरको ब्यापार गरेको छ । 

हालसम्म यी ३ कम्पनीले २७ हजार २४७ वटा पोलिसि विक्री गरेका छन् । क्रेष्टले १६ हजार ४८ वटा पोलिसि बेच्दा गार्डियनले ९ हजार ४१२ र लिवर्टीले १ हजार ७८७ वटा पोलिसि विक्री गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

लघु जीवन बीमक कम्पनीहरुले फागुन महिनामा मात्र ६ हजार ४२९ वटा पोलिसि बेचेका छन् भने फागुन महिनामा १ करोड ६७ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । 

माघ महिनाको तुलनामा फागुनमा लघु जीवन बीमकको व्यवसाय ३ लाख रुपैयाँले घटेको छ । यी कम्पनीले माघ महिनामा १ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकल गरेका थिए ।   माघ महिनाको तुलनामा फागुनमा ३५४ वटा कम पोलसी बिक्री भएको छ । माघमा ६ हजार ७८३ वटा पोलिसि विक्री भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved