बीमा कम्पनीले लगानीको रकम वितरणयोग्य मुनाफाबाट घटाउनु पर्ने नियममा नयाँ व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2024 | 02:13:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० संशोधन गरेको छ । प्राधिकरणले निर्देशन संशोधन  गरेर बीमा कम्पनीले लगानीको क्षेत्र अनुसार वितरण योग्य मुनाफाबाट घटाउनु पर्ने अवस्थाको बारेमा प्रष्ट पारिदिएको हो । 

जस अनुसार प्राधिकरणले निर्देशनको दफा १६ को उपदफा १ मा संशोधन गरेको छ । जसमा बीमकले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले तीन वर्षसम्म धितोपत्र सम्वन्धी कानून बमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनु पर्ने व्यवस्था छ ।

उपदफा २ मा  शेयर वा म्युचुअल फण्डमा गरेको लगानी प्रचलित कानून बमोजिम धितोपत्र बजारको सूचीबाट हटेमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान छ ।

संशोधन मार्फत प्रधिकरणले उपदफा ३ थपिदिएको छ ।  जस अनुसार जलवायु तथा सौर्य उर्जा, पर्यटन तथा वायुसेवा क्षेत्र, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको शेयरमा बीमकले लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ५ वर्षसम्म धितोपत्र सम्वन्धी कानून बमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने हुन्छ।

यी क्षेत्रको लागि पनि यस अघि ३ वर्षको प्रावधानमा रहेकोमा अब ५ वर्ष कायम गरिएको हो । तर, केबलकार क्षेत्रको पब्लिक कम्पनीको हकमा भने कम्पनी ६ वर्षसम्म सुचिकृत नभएमा वितरण योग्य मुनाफाबाट घटाउनु पर्ने छ।

त्यस्तै बीमकले घरजग्गा व्यवसाय क्षेत्रमा गरेको लगानी रकमलाई परियोजना निर्माण अवधिसम्म उक्त परियोजना सम्पन्न हुन नसकेमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ ।

साथै बीमकले विशिष्टीकृत लगानी कोष बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा गरेको लगानीको लेखाङ्कन गरेको रकम भन्दा उक्त फण्डमा भएको लगानीको खुद सम्पत्ति मुल्य (Net asset value) कम भएमा लेखाङ्कन गरेको रकम र फण्डमा भएको लगानीको खुद सम्पत्ति मुल्यको फरक रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ ।

यस्तो छ नयाँ व्यवस्था : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved