३० प्रतिशतले बढ्यो निर्जीवन बीमाको ब्यापार, शिर्ष स्थानमा शिखर (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2024 | 07:55:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनामा निर्जीवन बीमा कम्पनीले २६ अर्ब बढीको व्यपार गरेका छन् । चालु आवको फागुन मसान्तसम्म १४ वटा निर्जीवन बीमकले २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबरको व्यपार गरेका हुन्। 

जसमध्ये सबैभन्दा धेरै ब्यापार शिखर ईन्स्योरेन्सले गरेको छ । शिखरले यो ८ महिनामा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले ३ अर्ब ४ करोड ३१ लाख रुपैयाँ संकलन गर्दा सिद्दार्थ प्रिमियर ईन्स्योरेन्सले २ अर्ब ५६ करोड ११ लाख रुपैयाँ संकल गर्दै तेस्रो स्थानमा रहेको छ । 

यस्तै, आईजीआई प्रुडेन्सियलले २ अर्ब ३० करोड २३ लाख, नेको ईन्स्योरेन्सले २ अर्ब १२ करोड, हिमालयन एभरेष्टले २ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

 फागुन महिनामा मात्रै ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ । फागुन एक महिनामा कम्पनीहरुले २ लाख ४५ हजार ५६० वटा पोलिसि बिक्री गरेका छन् । फागुन महिनामा कम्पनीले संकलन गर्ने बीमाशुल्क सहित पोलिसि बिक्रीमा पनि बढेको छ । 

गत वर्षको फागुनको तुलनामा चालु आवको फागुनमा २९.८१ प्रतिशतले बीमाशुल्क संकलन बढेको हो । गत वर्ष २ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन भएको थियो । त्यसैगरी २ लाख ४० हजार १७० वटा पोलिसि बिक्री भएको थियो । 

कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved