गार्डियनको दीर्घायु बचत योजनाः आर्थिक सुरक्षासँगै अधिकतम् ग्यारेन्टी रिटर्न

सीता बुढाथोकी

सीता बुढाथोकी

Mar 29, 2024 | 09:55:14 AM मा प्रकाशित

laxmi  sunrise bank

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस २८ गते सार्वजनिक गरेको दीर्घायु बचत लघु जीवन बीमा योजनामा बीमितको आकर्षण बढ्दै गइरहेको छ । यो योजना सार्वजनिक गरेको २ महिनाकै अवधिमा कम्पनीले १ सयभन्दा बढी पोलीसी बिक्रि गरिसकेको छ । खासगरि निम्न आए भएका र मध्यम आए भएका मानिसलाई लक्षित गरेर बचत पनि हुने र उनीहरुको जीवन सुरक्षित पनि हुने उद्देश्यका साथ यो बीमा योजना ल्याइएको कम्पनी बताउँछ ।

यो योजनामा आर्थिक सुरक्षासँगै अधिकतम ग्यारेन्टी ‘रिटर्न’ हुने भएकाले पनि बीमितहरुको रोजाइमा पर्न सफल भएको बताइन्छ । यो बहु उद्देश्य बोकेर ल्याइएको लघु बीमा योजना हो । यो योजना छोटो समयको आयश्रोत हुने व्यक्ति, जो बीमा गर्न चाहन्छन् उनीहरुलाई पनि हुने गरि र बालबालिकाको भविष्यमा हुने योजनालाई पनि मध्य नजर गर्दै ल्याइएको योजना भएको कम्पनी बताउँछ ।

दीर्घायु बचत लघु जीवन बीमा योजनाका विशेषता 

यस योजनामा न्यूनतम बीमाङ्क रकम १० हजार रुपैयाँदेखि अधिकतम बीमाङ्क रकम ५ लाख रुपैयाँसम्म रहेको छ । यस योजनामा कम्पनीले बीमा अवधि १२– १६ वर्ष तोकेको छ । यस योजनामा १२ वर्षे बीमा अवधिको बीमालेख परिपक्व भएपछि ११० प्रतिशत बीमाङ्क प्लस ग्यारेन्टी रिटर्न अमाउन्ट प्रतिफल पाइने छ ।

त्यस्तै, १६ वर्षे बीमा अवधिको बीमालेख परिपक्व भएपछि १२० प्रतिशत बीमाङ्क प्लस ग्यारेन्टी रिटर्न अमाउन्ट प्रतिफल पाइने कम्पनीका प्रमुख प्रबन्धक कैलाश देवकोटाले बताए । त्यसमा बोनस कति दिने भनेर निश्चित भएको हुँदैन । यदि कुनै मानिसले यो बीमा गर्यो भने १२ वर्ष अथवा १६ वर्ष पछि कति रकम फिर्ता पाउछ भन्ने ग्यारेन्टी कम्पनीले बीमा गर्ने दिन नै भन्ने गरेको छ । 

बीमीतले वार्षिक र अर्धवार्षिक जुनसुकै तरिकाबाट प्रिमियम रकम भुक्तानी गर्न सक्नेछन् । बीमितको बीमाङ्क रकम अनुसार प्रिमियम रकम फरक पर्ने गर्छ । जस्तैः– कुनै मानिसले १६ वर्षको लागि १ लाखको बीमा गर्यो र उसले प्रिमियम रकम वार्षिक रुपमा तिर्यो भने १० हजार ८ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । अर्धबार्षिक तिर्न चाह्यो भने वार्षिक प्रिमियम कै आधा तिर्नु पर्छ । यदि उसले १६ वर्षमा नै सबै प्रिमियम रकम एकमुस्ट रुपमा तिर्न चाह्यो भने उसले एक लाख नै तिर्नु पर्दैन उसले एक लाख भन्दा कम रकम तिर्न सक्छ ।

कम्पनीले बीमीतले प्रिमियम रकम भुक्तानी गर्ने अबधि १२ वर्षभन्दा कम र १६ वर्ष भन्दा कम समयमा भुक्तानी गर्ने अप्सन पनि दिएको छ । १२ वर्षको बीमा गर्ने मानिसले १२ वर्ष भन्दा कम समयमा जस्तैः– ६, ८ र १० वर्ष र १६ वर्षको बीमा गर्ने मानिसले १६ वर्ष भन्दा कम समयमा जस्तैः– ६, ९ र १२ वर्ष भित्र प्रिमियम रकम भुक्तानी गर्ने अप्सन कम्पनीले दिएको छ । यो तोकिएको अप्सनमा बीमीतले प्रिमियम रकम भुक्तानी गर्न सक्ने छन् । कम्पनीले वैदेशिक रोजगारीमा गएका युवालाई पनि लक्षित गरेर यो अवधि तोकोको हो ।

त्यस्तै, कम्पनीले ल्याएको यस योजनामा न्यूनतम बीमा गर्न योग्य उमेर १८ वर्षदेखि अधिकतम ५५ वर्ष सम्मका मानिसले यो बीमा गर्न सक्ने छन् । कम्पनीले अधिकतम परिपक्व उमेर ७० वर्ष तोकेको छ । साथै, अभिभावकको रिक्स कभर गर्ने गरि बालबालिकालाई ‘नोमिनी’को रुपमा राखेर पनि बीमा गर्न सकिन्छ ।

यदि बीमा अवधि भित्र बीमीतको मृत्यु भएमा बीमा लेखमा उल्लेखित बिमांक रकम तथा आर्जित शुनिश्चीत प्रतिफल बीमालेखमा इच्छाइएको व्यक्तिलाई कम्पनीले प्रदान गर्नेछ । कम्पनीले सुनिश्चीत रकम लिमिटेड रकम तिर्नेले प्रतिहजार ५० रुपैयाँ र एकल प्रिमियम तिर्नेले प्रति हाजार ४० रुपैयाँ पाउँने गरेका छन् । 

यो योजनामा रिक्स कभ्रेजको सुविधा भने छैन । यदि कसैले यस्तो सुविधा लिन चाहेमा गार्डियनको व्यक्तिगत टम पोलिसी जोडेर लिन सकिन्छ । त्यो पोलिसी जोडेर सुविधा लिँदा बीमीतको रिक्स कभरेज डवल हुन्छ । यो पोलीसी जोड्नको लागि कम्तीमा ५ लाखसम्मको बीमाङ्क रकम हुनु पर्छ । ४ लाखको बीमाङ्क रकम भएपछि ५० हजार सम्मको एक्सिडेन्टल मेडिकल बेनीफिट पाउन सकिन्छ । 

मोबाइल एपबाट र सम्बन्धीत शाखाहरुबाट यो पोलीसी खरिद गर्न सकिन्छ । यो पोलीसी खरिद गर्ने बीमीतबाट राम्रो प्रतिक्रिया आईरहेको कम्पनीको भनाई छ । साथै, कम्पनीले यो पोलीसीलाई अझ राम्रो बनाउने प्रयास पनि गरिरहेको छ । 

यसका साथै कम्पनीले नयाँ नयाँ प्रोडक्टहरु बजारमा ल्याउने तयारी पनि गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved