खुम्चियो मोटर बीमाको ब्यापार, धेरै प्रिमियम संकलन गर्नेमा सलिको अगाडी (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 03:18:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनामा मोटर बीमा अन्तर्गत ८ अर्ब बढी प्रिमियम संकलन भएको छ । चालु आवको फागुन मसान्तसम्म मोटर अन्तर्गत कुल ८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ प्रिमियम संकलन भएको हो । 

१४ निर्जीवन बीमा कम्पनीले मोटर बीमा अन्तर्गत उक्त प्रिमियम संकलन गरेका हुन् । निर्जीवन बीमकले संकलन गर्ने समग्र प्रिमियमको ३१.१३ प्रतिशत हिस्सा मोटरको प्रिमियले ओगटेको छ । 

यो ८ महिनामा निर्जीवन बीमकहरुले समग्रमा कुल २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

मोटर तर्फ सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । उसले यो ८ महिनामा मोटर बीमाबाट १ अर्ब २१ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । त्यसैगरी शिखर इन्स्योरेन्सले ९७ करोड ६० लाख प्रिमियम संकलन गर्दा सिद्दार्थ प्रिमियरले ९१ करोड ५१ लाख रुपैयाँ संकलन गरेको छ । 

यस्तै, नेकोले ८१ करोड ७० लाख, आईजीआई प्रुडेन्सियलले ७६ करोड २३ लाख, एनएलजीले ७५ करोड १ लाख र यूनाईटेड अजोडले ६६ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ ।

मोटर तर्फ यो ८ महिनामा ११ लाख ३८ हजार ४८० वटा पोलिसि विक्री भएका छन् । 

मोटर बीमाको व्यपार घट्यो

गत आर्थिक वर्षको फागुन मसान्तसम्मको तुलनामा चालु आवको सोहि अवधिमा मोटर बीमातर्फ संकलन हुने प्रिमियम घटेको छ । गत आवको सोहि अवधिको तुलनामा ४२.५५ प्रतिशतले मोटर बीमाको प्रिमियम संकलन घटेको हो । 

गत आवको फागनु मसान्तसम्म मोटरतर्फ कुल ८ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ प्रिमियम संकलन भएको थियो । तर, चालु आवको फागुनमा यस्तो संकलन ८ अर्ब १७ करोड ७८ लाखमा खुम्चिएको छ । 

कुन कम्पनीले कति प्रिमियम संकलन गरे:

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved