बजेट रकमान्तर गरेर कृषि बीमाको रकम भुक्तानी गर्दै सरकार, अर्थमा पुग्यो फाईल

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Apr 29, 2024 | 12:40:57 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा अनुदान वापतको केहि रकम पाउने प्रक्रिया अघि बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमा अनुदान वापत कम्पनीहरुलाई भुक्तानी दिनुपर्ने रकममध्ये केहि रकम भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको हो। 

मन्त्रालयले अन्य शिर्षकको बजेटलाई रकमान्तर गरेर कृषि बीमाको रकम भुक्तानी गर्न लागेको हो । हाललाई ९७ करोड ९८ लाख रुपैयाँ रकमान्तर गरेर कम्पनीहरुलाई भुक्तानी दिन लागेको मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव सवनम् शिवाकोटी अर्यालले बिजपाटीलाई जानकारी दिईन् । उनले भनिन्, 'अन्य विर्शषकमा रकेको बजेटलाई रकमान्तर गरेर अहिले ९७ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्ने प्रक्रियामा छौ।’

रकमान्तरको सहमतिका लागि फाईल अर्थ मन्त्रालयमा पठाइएको उनले जानकारी दिईन् । उनका अनुसार अर्थले सहमति दिइएपछि मन्त्रालयले रकम भुक्तानी गर्ने छ । 

कृषि मन्त्रालयले अर्थमा रकमान्तरको सहमतिका लागि १० दिन अघि फाइल पठाएको हो । अर्थबाट सहमति हुनसाथ कम्पनीहरुले रकम भुक्तानी पाउँछन् ।  उनले अहिले रकम भुक्तानी गरेपछि बाँकी रकम पनि चालु आर्थिक वर्ष भित्र नै दिई सक्ने जाकारी बिजपाटीलाई जानकारी दिइन्। 

कृषि बीमा अनुदान वापत हाल मन्त्रालयले २ अर्ब बढी रुपैयाँ निर्जीवन कम्पनीहरुलाई भुक्तानी गर्न बाँकी छ । अहिले प्रक्रियामा रहेको ९७ करोड ९८ लाख रुपैयाँ भुक्तानी दिएपछि १ अर्ब बढी रुपैयाँ बाँकी रहन्छ । सो रकम रासायनिक मल अन्तर्गत छुट्याइएको बजेटबाट रकमान्तर गर्न तयारीमा मन्त्रालय लागेको छ । 

कृषि बीमा अनुदान वापतको रकम सरकारले भुक्तानी नदिएको भन्दै निर्जीवन बीमा कम्पनीहरुले कृषि र पशुपंछिको बीमा गर्न छोडेका थिए । चैत १ गतेदेखि उनीहरुले बीमा गर्न छोडेका थिए । तर, पुरा प्रिमियम भुक्तानी गर्नहरुको भने बीमा भने कम्पनीहरुले जारी गरेका थिए । 

कम्पनीहरुले बीमा नै गर्न छोडेपछि ३ साता अघि पनि मन्त्रालयले ४६ करोड ४१ लाख रुपैयाँ कम्पनीहरुलाई भुक्तानी दिएको थियो । सो रकम भुक्तानी गरेर कम्पनीहरुलाई बीमा नरोक्न अनुरोध गर्ने कृषि बीमा कोष व्यवस्थापन समितिले निर्णय गरेको थियो । 

सो रकम भुक्तानी पछि प्राधिकरणले पनि कम्पनीहरुलाई पत्र नै पठाएर बीमालेख जारी गर्न भनेको थियो । तर, कम्पनीहरुले भने भुक्तानी पाउन बाँकी रकम नपाएसम्म बीमालेख जारी नगर्न अडान राखेको थियो । सोहि क्रममा वैशाख १२ गते निर्जीवन बीमा कम्पनीहरुको छाता संघठन नेपाल बीमक संघले कृषि बीमाको दाबी भुक्तानी नै रोक्ने चेतावनी दिएको थियो । संघले विज्ञप्तिनै निकालेर यस्तो चेतावनी दिएपछि त्यसको केहि घण्टा मै नेपाल बीमा प्राधिकरणले सो विज्ञप्ति फिर्ता लिन निर्देशन दिएको थियो।  प्राधिकरणले विज्ञप्ति फिर्ता लिएर बीमालेख जारी गर्न निर्देशन दिएको थियो । 

आज वैशाख १७ गते सो निर्देशन दिएको ५ दिन भएको छ। तर संघले न विज्ञप्ति फिर्ता लियो । न प्राधिकरणले संघलाई कारबाही गर्यो । यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले संघलाई कारबाही गर्ने बताउछन् । तर के कस्तो कारबाही हुन्छ भन्ने कुरामा उनी आफै स्पष्ट छैनन् ।  केवल कानुन अनुसार कारवाही गर्ने उनको भनाई छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved