युरोकप सकिएसँगै अब कतार विश्वकपको पर्खाई, यस्तो छ मिति, फर्म्याट र खेल हुने समय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 10:33:25 AM मा प्रकाशित

laxmi  sunrise bank

युरो कप प्रतियोगिता समाप्त भएसंगै अब विश्वकपको पर्खाइ सुरु भएको छ । सामान्यतया विश्वकप र युरोकपबीच २ वर्षको समय रहने भएपछि कोभिडको कारण युरो कप एक वर्ष पछाडी धकेलिएपछि अबको १६ महिना मै विश्वकप सुरु हुने छ ।

आगामी विश्वकप कतारमा हुने तय भएको छ । अत्याधिक गर्मी हुने भएकोले कतार विश्वकप जाडोयाममा हुने छ । प्रतियोगिताको उद्घाटन खेल सन् २०२२ को नोभेम्बर २१ मा हुने छ । उद्घाटन खेल अल बयात रंगशालामा हुने छ भने उद्घाटन खेलमा आयोजक कतारले प्रतिस्पर्धा गरेको देखिने छ । आयोजकको नाताले कतार यस अघि नै प्रतियोगिताको लागि छनौट भईसकेको छ । हालसम्म कातर बाहेक अन्य कुनै पनि टोली प्रतियोगिताको लागि छनौट भईसकेका छैनन् । हाल विश्वकपको लागि छनौट प्रतियोगिताहरु जारी छन् । फाइनल खेल दोहा स्थित लुसैल रंगशालामामा डिसेम्बर १८ मा सुरु हुने छ ।

प्रतियोगितामा आयोजक कतार सहित ३२ टिम सहभागी हुने छन् । यी ३२ टिमलाई हरेक समुह मा ४ टिम रहने गरि ८ समुहमा राखिने छ । हरेक समुहमा रहेका टिमले एक अर्का संग प्रतिस्पर्धा गर्ने छन् । र समुहको बिजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्ने छन् । समुह चरणमा हरेक दिन ४ खेल हुने छन् । प्रतियोगिता अन्तिम सेड्युल सन् २०२२ ओ अप्रिलमा आउने छ । समुह चरणको खेलहरु नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म, राउण्ड अफ १६ को खेलहरु डिसेम्बर ३ देखि ६ सम्म, क्वाटरफाइनल खेलहरु डिसेम्बर ९ र १० मा, सेमिफाइनल खेलहरु १३ र १४ मा तथा फाइनल खेल डिसेम्बर १८ मा हुने छ ।

समुह चरणका सुरुका खेलहरु कतारको स्थानीय समय अनुसार १ बजे, ४ बजे , ७ बजे र १० बजे हुने छन् । नेपाल र कतारबीचको समय २ घण्टा ४५ मिनेट फरक रहेकोले नेपाली समय अनुसार ति खेलहरु ३:४५, ६:४५, ९:४५ र १२:४५ मा हुने छ । समूह चरणको अन्तिम खेलहरु नेपाली समय अनुसार ८:४५ र १२:४५ मा सुरु हुने छ । प्रतियोगिताको फाइनल खेल भने नेपाली समय अनुसार ८:४५ मा सुरु हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved