विश्वकपको लागि छनौट हुने देशको संख्या १५ पुग्यो , साउथ कोरिया लगातार १० औ पटक छनौट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2022 | 08:40:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा हुने कतार विश्वकपको लागि छनौट हुने देशको संख्या १५ पुगेको छ । पछिल्लो पटक भएको छनौट खेलबाट साउथ कोरिया विश्वकपको लागि छनौट भएको हो ।

साउथ कोरियाले सिरियालाई २-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको हो । यस संगै साउथ कोरिया लगातार १० औ पटक विश्वकपको लागि छनौट भएको छ । 

 आयोजक कतार सहित जर्मनी , डेनमार्क, ब्राजिल, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन, , सर्बिया, इंग्ल्यान्ड, स्विजरल्याण्ड, नेदरल्याण्ड, अर्जेन्टिना र इरान यस अघि नै छनौट भईसकेका छन्  ।   

विश्वकपमा ३२ देशले सहभागी जनाउने हुँदा १७ टिम अझै छनौट हुन बाँकि छ । ४९ टिमको छनौट हुन सक्ने सम्भावना अझै बाँकि रहेको छ । प्रतियोगितामा अफ्रीकाबाट ५ , एसियाबाट ४ वा ५ (आयोजक कतार बाहेक), युरोपबाट १३, उत्तरी अमेरिकाबाट ३ वा ४ र दक्षिणी अमेरिकाबाट ४ वा ५ टिमले प्रतियोगितामा स्थान पक्का गर्न सक्छन् । त्यस्तै ओसियाना क्षेत्रबाट पनि १ टोली छनौट हुन सक्छन् । तर प्ले अफ खेल्नु पर्ने भएकोले सो १ टोली अन्य महादेशको पनि छनौट हुन सक्ने छन् । केहि टोलिले प्ले अफ खेल्नु पर्ने भएकोले एसिया, र अमेरिकी देशहरुको छनौट हुने संख्या यकिन नभएको हो ।

प्रतियोगितामा एसियाबाट ४६ देशले छनौट सुरु गरेकोमा ३७ टिम बाहिरिसकेका छन् भने ६ टिमको छनौट हुने सम्भावना अझै कायम छ । कतार, इरान र सौथ्कोरिया यस समुहबाट छनौट भईसकेका छन् । त्यस्तै अफ्रीकाबाट ५४ देशले छनौट सुरु गरेकोमा ४४ टिम बाहिरिसकेका छन् भने १० टिमको छनौट हुने सम्भावना अझै कायम छ । उत्तरी अमेरिकाबाट ३४ देशले छनौट सुरु गरेकोमा २७ टिम बाहिरिसकेका छन् भने ७ टिमको छनौट हुने सम्भावना अझै कायम छ। दक्षिणी अमेरिकाबाट १० देशले छनौट सुरु गरेकोमा २ टिम बाहिरिएका छन् र  २ टिम छनौट भएका । अब ६ टिमको छनौट हुने सम्भावना अझै कायम छ। ब्राजिल र अर्जेन्टिना यसै समुहबाट छनौट भएको हो । ओसियाना क्षेत्रबाट कुनै पनि टिम बाहिरिएको छैन भने ८ टिमको छनौट हुने सम्भावना अझै कायम छ । युरोपबाट ५५ देशले छनौट सुरु गरेकोमा ३३ टिम बाहिरिसकेका छन् भने १२ टिमको छनौट हुने सम्भावना अझै कायम छ । यस समुहबाट जर्मनी,  डेनमार्क, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विजरल्याण्ड र नेदरल्याण्ड गरि १० टिम छनौट भईसकेका छन् । छनौट चरणका खेलहरु सन् २०२२ को जुन महिनासम्म चल्ने छ  । 

विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved