कतार विश्वकपमा महिला रेफ्रीको 'डेब्यु' हुने, फिफाले गर्यो ऐतिहासिक निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2022 | 09:54:56 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा हुने आगामी विश्वकपमा हुने खेलहरु खेलाउनको लागि महिला रेफ्री पनि छनौट भएका छन् । फिफा रेफ्री समितिले विश्वकपका लागि खेल अधिकारीहरूको नाम छनौट गरि उनीहरुको सूची समेत सार्वजनिक गरेको हो । 

फिफाले इतिहास मै पहिलो पटक फिफा विश्वकपमा महिला रेफ्री पनि समावेश गरेको जनाएको छ  । फिफाले विश्वकपको लागि ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ जना भिडियो अफिसियलहरू नियुक्त गरेको हो  ।  जस मध्ये ३ जना रेफ्री र तीन सहायक रेफ्री महिला छन्। फिफा विश्वकपको इतिहासमा पहिलो पटक फिफा रेफ्री समितिले तीन महिला रेफ्री र तीन महिला सहायक रेफ्री पनि नियुक्त गरेको हो । 

महिलातर्फ फिफाले फ्रान्सबाट स्टेफनी फ्रापार्ट, रुवान्डाबाट सलिमा मुकानसांगा र जापानबाट योशिमी यामाशितालाई रेफ्री नियुक्त गरेको हो भने ब्राजिलबाट सहायक रेफ्री नेउजा ब्याक, मेक्सिकोबाट करेन डियाज मेडिना र संयुक्त राज्य अमेरिकाबाट क्याथ्रिन नेस्बिटलाई सहायक रेफी नियुक्त गरेको हो। फिफाको पुरुष विश्वकपमा महिला रेफी नियुक्त भएको यो नै पहिलो पटक हो  ।

फिफाले  छवटा कन्फेडेरेसनहरूसँग नजिकको सहकार्यमा म्याच अफिसियलहरु छनोट गरेको जनाएको छ। तिनीहरूको गुणस्तर र फिफा प्रतियोगिताको साथै हालका वर्षहरूमा अन्य अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिताहरूमा प्रस्तुत गरिएको प्रदर्शनको आधारमा अफिसियल छनौट गरिएको फिफाले उल्लेख गरेको छ ।

फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइगी कोलिनाले भने, "सधैँ झैँ, हामीले प्रयोग गरेको मापदण्ड  'क्वालिटी पहिलो' हो र चयन गरिएका म्याच अधिकारीहरूले विश्वभरको उच्च स्तरको रेफ्रीको प्रतिनिधित्व गर्छन्। " 

आगामी विश्वकप नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा हुने छ । 

अफिसियलको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नुहोला 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved