नक आउट चरण नपुगेपछि बेल्जियम प्रशिक्षक मार्टिनेजको राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 09:30:24 AM मा प्रकाशित

laxmi  sunrise bank

कतार विश्वकप २०२२ मा बेल्जियमलाई समूह चरण पार गराउन असफल बनेका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन् । ४९ वर्षीय मार्टिनेजले बेल्जियम टोलीसँगै ६ वर्ष सहकार्य गरे । स्पेनिस प्रशिक्षक सन् २०१६ मा मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । 


बिहीबार राति अहमेद बिन अलि स्टेडियममा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको थियो । समूह ‘एफ’ मा बेल्जियम तेस्रो स्थानमा रह्यो । 


सात अंकको मोरक्को समूह विजेता, र पाँच अंकको क्रोएसिया उपविजेता बन्दै नक आउट चरण पुगेका छन् । चार अंकको बेल्जियम र बिना अंकको क्यानाडा समूह चरणबाट माथि बढ्न सकेन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved