फ्रान्स पनि सेमिफाइनलमा, फाइनल प्रवेशका लागि मोरोक्कोसँग भिड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 10:12:35 AM मा प्रकाशित

laxmi  sunrise bank

इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो ।

खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।

फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । हिजो नै सम्पन्न अर्को क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved