सानिमा समुह अन्तर्गत रहेका श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन २८ गते धुम्बाराहिको होटेल अकामामा साधारणसभा आह्वान गरेको हो ।
सभामा आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले आईपिओ निष्काशन गर्ने, सो बाट प्राप्त हुने रकमको उपयोग गर्न वित्तीय योजना बनाउने, स्थानीयलाई छुट्याईएको शेयरको समबन्धमा छलफल गर्ने, र आईपिओ निष्काशनको लागि गर्नु पर्ने सम्पूर्ण कार्य संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने भएको हो ।
यस कम्पनीले लिखु खोलामा २८.१ मेगावाटको लोअर लिखु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना ओखलढुंगा र रामेछापमा पर्छ ।