एनएमबि लघुवित्तको लाभांश पारित, मर्जर प्राप्तीको निर्णय अधिकार सञ्चालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 04:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि लघुवित्तको लाभांश पारित भएको छ । कम्पनीको १० औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिमको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभामा सञ्चालक समितिले चुक्ता पूँजी  ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँको १० प्रतिशतले हुन आउने रकम ६ करोड ५५ लाख ८६ हजार २८६ रुपैयाँ २० पैसा बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । 

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन उपयूक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गरी, मूल्यांङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने गाभ्ने, गाभिने वा प्राप्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित भएको कंपनी सचिव सुर्य थापाले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved