प्रिमियममा आईपीओ ल्याउदै सागर डिस्टिलरी, मूल्य तय गर्न विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 08:15:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सागर डिष्टिलरी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले वैशाख १५ गते विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीको जारी पुंजी वृद्धि गर्नको लागि प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेस प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न लागेकोले मूल्य तय गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीले यस अघि कै साधारणसभाबाट  प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

 सागर डिष्टिलरी लिमिटेडले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुने ७,५०,००० लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गर्ने तयारी गरेको छ ।  

वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको संस्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ । सागर डिष्टिलरीका अध्यक्ष सन्दिप जलान हुन् । उनी ब्रोकर समेत हुन् ।

कम्पनीले हालै नेप्से बुल्स नामको व्हिस्की पनि बजारमा ल्याएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved